stcnepal long ad
ime life insurance
global ime bank long

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा पुनः सुयोग श्रेष्ठ

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्ष पदमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ पुनः सर्वसम्मतिबाट निर्वाचित भएका छन्।

बिहीबार पोखरामा आयोजना गरिएको एशोसियसनको १९ औं वार्षिक साधारणसभामा श्रेष्ठलाई अध्यक्ष पदमा पुनः सर्वसम्मति निर्वाचित गरिएको हो।

उपाध्यक्षमा लागि दिनेश थकाली (कामना सेवा बिकास बैंक), सचिवमा माधब प्रसाद उपाध्याय (गरिमा बिकास बैंक) र कोषाध्यक्षमा कपिल ढकाल (ज्योति विकास बैंक) लाई चयन गरेको छ।

यस्तै, नरेश सिंह बोहरा (लुम्बिनी विकास बैंक), प्रकाश पौडेल (साइन रेसुंगा डेभलपमेण्ट बैंक), दिपेश लम्साल (महालक्ष्मी बिकास बैंक), हरिबहादुर बुढाथोकी (ग्रिन डेभलपमेण्ट बैंक) र दिनेश पोखरेल (सप्तकोशी डेभलपमेण्ट बैंक) सदस्यमा चयन भएका छन्।

साधारण सभाले आर्थिक वर्ष २०८०.८१ को लेखापरीक्षण प्रतिवेदन अध्यक्षको प्रतिवेदन आर्थिक वर्ष २०८१/८२ को अनुमानित आय र व्ययको विवरण साथै लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।

पुनः अध्यक्ष निर्वाचित भएका सुयोग श्रेष्ठले सबै सदस्य बैंकहरूको सहयोगको कदर गर्दै विकास बैंकको हक र हितका लागि थप प्रतिबद्धता व्यक्त गरे।

prabhu mahalaxmi
kumari