sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सिद्धार्थ बैंकका ग्राहकहरुलाई एलकेएस डेन्टलमा १०% सम्मको छुट

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं। सिद्धार्थ बैंक र एलकेएस डेन्टल सोलुसन्सबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बिजुलीबजार स्थित एलकेएस डेन्टल सोलुसन्स काठमाडौंमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा दाँतसम्बन्धी सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जानपनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघिमात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवापनि सञ्चालनमा ल्याएको छ ।

gold
kumari bank
nawakantipur long