नेपाल बैंकको ६५ औं वार्षिक साधारण सभा आज बस्दै

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५ औं वार्षिक साधारण सभा आज चैत ६ गते बुधबार बस्दैछ । बैंकले यो वर्ष पनि लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो ।
साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । साथै,आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
साधारण सभा प्रयोजनार्थ बैंकले फागुन २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन २१ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । साधारण सभा नेपाल एपीएफ क्लब हकचोक, काठमाडौंमा बिहान १०:३० बजेदेखि सुरु हुनेछ ।