sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

चिनियाँ कम्पनीलाई भुक्तानी नगरेपछि विद्युत् प्राधिकरणका बैंक खाता रोक्का

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, प्रधान कार्यालयका सबै बैंक खाता रोक्का भएका छन् । ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि बैंकहरूले प्राधिकरणको सबै कारोबार रोकिदिएका छन् ।

आयोजनाका ठेकेदार चिनियाँ कम्पनी सिजिजिसीले प्राधिकरणविरुद्ध हालेको रिटमा उच्च अदालतले गत भदौ ३० गते क्षतिपूर्ति दिनुपर्ने आदेश गरेको थियो ।

तर, प्राधिकरणले पैसा नदिएपछि ठेकेदार कम्पनी पुनः अदालत गएको थियो । सुरुमा ८५ करोड दाबी गरिएको मुद्दामा प्राधिकरणले भुक्तानी नगरेपछि पेनाल्टी सहित १ अर्ब ५९ करोड क्षतिपूर्ति दिन उच्च अदालतले आदेश दिएको थियो ।

प्राधिकरणलाई उक्त रकम भुक्तानी गर्न ७ दिनको समय दिइएको भएपनि खातामा त्यति पैसा नभएपछि प्राधिकरणले सो रकम भुक्तानी गर्न सकेको थिएन । अदालतको आदेशपछि प्राधिकरणका बैंक खाता रोक्का भएको हो ।

gold
nawakantipur long