stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु बैंकको घरपझोङ्ग गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

मुस्ताङ। प्रभु बैंक गण्डकी प्रदेशले २०८१ चैत्र २, गते घरपझोङ्ग गाउँपालिका, मुस्ताङमा वित्तीय साक्षरता कार्यक्रमको सम्पन्न् गरेको छ।

कार्यक्रमको मुख्य उद्देश्य डिजिटल वित्तीय ज्ञानको प्रसार गर्नु, डिजिटल ठगीबाट जोगिनका उपायहरूबारे जनचेतना फैलाउनु र सर्वसाधारणलाई बचत, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्न प्रोत्साहन गर्नु थियो।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रदेश कार्यालयका प्रमुख दीपक राज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख  राजु राना मगर, प्रभु बैंकका अधिकारीहरू, अन्य विशिष्ट व्यक्तित्वहरू र १२० भन्दा बढी स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

गभर्नर महाप्रसाद अधिकारीले कार्यक्रममा सम्बोधन गर्दै डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवाहरूको प्रयोगको महत्व र त्यससँग जोडिएका जोखिमहरूबाट बच्ने उपायहरूबारे जानकारी दिए।

उनले भने, ‘डिजिटल प्रविधिको उपयोग गर्दा हामीलाई यसका सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट जोगिन सचेत रहनुपर्छ। हामीले डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेकपूर्ण निर्णयहरू लिनुपर्ने आवश्यकता छ।’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले स्थानीय बासिन्दाहरूसँग बचत, बजेटिङ र लगानीको अवधारणाबारे बृहत् छलफल गरे।

त्यस्तै, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख श्री राजु राना मगरले डिजिटल वित्तीय उपकरणहरूको उपयोग, मोबाइल बैंकिङ, अनलाइन बचत खाता खोल्ने र वित्तीय सुरक्षाका विधिहरूबारे विस्तृत जानकारी प्रदान गरे।

घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले कार्यक्रमको स्वागत गर्दै भने, ‘हाम्रो गाउँपालिकाका नागरिकहरूलाई डिजिटल वित्तीय सेवामा सचेत र सक्षम बनाउने यो कार्यक्रम अत्यन्त महत्वपूर्ण छ। यसले सबैलाई वित्तीय साक्षरतामा अगाडि बढ्न मद्दत गर्नेछ।”

प्रभु बैंकको यो पहललाई स्थानीय समुदायले स्वागत गर्दै कार्यक्रमको समयमा धेरै प्रशंसा व्यक्त गरेका छन् र आगामी दिनमा पनि यस्ता कार्यक्रममा सहभागी हुने आशा व्यक्त गरेका छन्।

प्रभु बैंक गण्डकी प्रदेशले स्थानीय समुदायमा वित्तीय साक्षरता बढाउने र डिजिटल वित्तीय सेवामा सचेत तथा सुरक्षित बनाउने आफ्नो प्रतिबद्धता देखाउँदै यो कार्यक्रम आयोजना गरेको हो।

prabhu mahalaxmi
kumari