citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

बैङ्किङ क्षेत्रका कर्मचारीलाई २०८२ सालमा ४७ दिन बिदा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । बैङ्किङ क्षेत्रका कर्मचारीले २०८२ सालमा ४७ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको २०८२ सालको सार्वजनिक बिदा सम्बन्धी तालिका अनुसार यस्तो अवस्था देखिएको हो । राष्ट्र बैङ्कले सार्वजनिक गरेको बिदाको सूची अनुसार बैङ्कहरूले बिदा दिने गर्दै आएका छन् ।

कुल बिदामध्ये ३२ दिनको बिदा तोकिएको छ । बाँकी ५ दिनको बिदा सरकारले तोकेको दिनमा हुनेगरी व्यवस्था गरिएको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद उल फित्र, बकर इद, सुरुवा पावनी, मोहम्मद जयन्ती र गुरु नानक जयन्तीको दिन तोकिएको छैन ।

यो वर्ष दसैँमा ६ दिन र तिहारमा ५ दिन बिदा तोकिएको छ । यद्यपि तोकिएका सबै दिन सबै व्यक्तिले बिदा पाउने छैनन् । १२ वटा पर्व सम्बन्धित क्षेत्र, जाती वा सम्प्रदायका व्यक्तिले मात्रै पाउने व्यवस्था गरिएको छ ।

gold
himalayan life insurance long ad



kumari bank