एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय सिनियर डीसीईओमा बढुवा

काठमाडौँ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको २०८२ वैशाख १० गतेदेखि लागु हुने गरी घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । उनी अहिले बैंकको डेपुटी सीईओ रहेका छन् । उनको कार्यकाल ४ वर्षको हुनेछ ।
बैठकले हाल नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेको सुदेश उपाध्यायलाई सिनियर डीसीईओमा बढुवा गरेको छ ।
दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा सन् २०२१ मा एसियाकै सर्वोत्कृष्ट बैंकको अवार्ड पाएको एनएमबी बैंकसँग हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।