सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले तीन जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ४३ हजार १२६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । संस्थापक शेयरधनीका लागि बैंकले यसअघि नै बिक्री खुलाइसकेको छ । तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुलाइएको हो ।
इच्छुक खरिदकर्ताले १५ दिनभित्र आवश्यक कागजात सहित आफूले के कति कित्ता खरिद गर्ने हो सोको विवरण समेत खुलाई बैंकको केन्द्रीय बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।