नेपाल एसबिआई बैंक लि. एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ बाट सम्मानित

काठमाडौं । नेपाल एसबिआई बैंक लि. कर्पोरेट क्लब नेपाल प्रा. लि. द्वारा प्रदान गरिने “वाणिज्य बैंक” विधा तर्फको “एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४” बाट सम्मानित भएको छ । उक्त प्रतिष्ठित अवार्र्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा बर्षौ देखि गरेको महत्वपूर्ण योगदानका लागि प्रदान गरिएको हो ।
बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कूमार तिवारी र प्रमूख सञ्चालन अधिकृत, विकास आनन्दलाई प्रा. डा. फत्त बहादूर केसी, मूख्य निर्णायकले स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा सो अवार्र्ड प्रदान गरेका थिए । उक्त कार्यक्रममा नेपाल सरकारका गृह मन्त्री, रमेश लेखक समेतको उपस्थिति रहेको थियो ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।