citizens life insurance long ad

गरिमा विकास बैंकलाई कर्पोरेट क्षेत्रमा प्रतिष्ठित अवार्ड प्राप्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंकले कर्पोरेट क्षेत्रमा प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण  भएकोमा  यस विकास  बैंकलाई पनि उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अवार्डको जुरी मेम्बरमा प्रो.डा. फत्त बहादुर के.सी. (जुरी चिफ), सशिन जोशी (विभिन्न वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत रहनु भई हाल अध्यक्ष, फोनपे पेमेन्ट सोलुसन प्रा.लि.), सरिता अधिकारी (पूर्व डाईरेक्टर, नेपाल राष्ट्र बैंक) र दिलभुषण पाठक (पत्रकार) रहेका थिए ।

बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको जनाएको छ ।

IME Lifesidebar
kumari