stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

मेगा बैंकले ल्यायो मेगा स्मार्ट कृषि योजना

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मेगा बैंकले किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ योजना ल्याएको हो । किसानहरुलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्न यो सेवा ल्याएको बैंकले जनाएको छ ।

बैंकका अनुसार मेगा किसान कार्ड मार्फत किसानहरुले मल, बिउ विजन लगायत सामानहरु तोकिएका सेवा केन्द्रबाट खरिद गर्न सक्नेछन् ।

उक्त कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने बैंकको विश्वास छ । व्यावसायिक कृषि तथा पशु पालन र महिला उद्यमीलाई प्राथमिकता दिएर कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै कृषि उत्पादन बढाउने उदेश्यले बैंक र आर एण्ड डी ईनोभेटिभ सोलुसनबीच सम्झौता भइसकेको मेगा बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari