stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ज्योति विकास बैंकले तिलगंगा अस्पताललाई १० लाख सहयोग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

२३ माघ, काठमाडौ । ज्योति विकास बैंक लिमिटेडले तिलगंगा आँखा अस्पताललाई आँखा सम्बन्धि अनुसन्धानमा सहयोग गरेको छ । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको “जीरि आई स्टडि” को लागि ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवद्र्धन कोष मार्फत रु १० लाख बराबरको आर्थिक सहयोग गरेको छ ।
ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट सीईओ यम बहादुर महतले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको जिरेल समुदायको आँखा अनुसन्धान मार्फत गरिएको तिलगंगाको आनुवंशिक अनुसन्धानमा ज्योति विकास बैंकले सहयोग गरेको छ । २०१४ बाट शुरुवात भएको यस अध्ययनमा आँखा सम्बन्धि रोगहरुको समयसँग बद्लिंदो ढाँचाको पनि अध्ययन हुँदै आएको छ ।

prabhu mahalaxmi
kumari