नेपाल राष्ट्र बैंकको सम्पुर्ण बैंक तथा वित्तीय संस्थालाई चार बुँदे निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न सुरक्षा मापदण्ड अपनाएर सम्पूर्ण बैंकिङ सेवा संचालन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई गर्न निर्देशन दिएको छ ।
नेपाल सरकारले लकडाउन समाप्त भएको घोषणा गरेसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्न इजाजतपत्र लिएका बेंक तथा वित्तीय संस्थाहरुले बैंकिङ कार्यालय खोली बैंकिङ सेवा सूचारु गर्न, राष्ट्र बैंकले सुरक्षा मापदण्ड अपनाउन ( स्वानिटाइजर, ह्याण्ड ग्लोब्स, माक्स)इन्यादी प्रयोग गर्न, विद्युतिय कारोबार प्रोत्साहन गर्न, र सेवाग्राहीको भिडभाड नहुने गरी दुरी कायम गरेर सेवा दिन पनि निर्देशन दिएको छ ।






























