महालक्ष्मी विकास बैंकको आधार दर ७.४८ प्रतिशत

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार महालक्ष्मी विकास बैंकको आधार दर ७.४८ र कोषको लागत प्रतिशत ५.२९ प्रतिशत रहेको छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ असार मसान्त सम्म आधार दर र कोष लागत प्रतिशत क्रमश ९.३९ प्रतिशत र ७.०३ प्रतिशत रहेको थियो ।
बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्ने बताइन्छ ।
त्यसै गरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनत्तम पुँजी कोषका्े तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनत्तम पुँजी कोष आर्थिक वर्ष २०८१/८२ को पुस मसान्त सम्म १४.९९ प्रतिशत रहेको छ जुन आर्थिक वर्ष २०८१/८२ असार मसान्तमा १४.९३ प्रतिशत रहेको थियो ।
न्यूनतम पुँजी कोष बढी भएको अवस्थामा बैंकहरुलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८१/८२ को अन्त्य सम्म बैंकका समग्र वित्तीय परिसुचकहरुमा सकरात्मक परिवर्तन देखिएको बैंकको वित्तीय विवरणमा देखिन्छ ।
आर्थिक वर्ष २०७९/८० मा रु.३७.७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा रु.५०.०३ करोड पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रति सेयर आम्दानी रु। १२,शेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत रहेको छ ।