नेप्सेमा सूचीकरण तिनाउ मिसनको ५३ लाख १६ हजार कित्ता सेयर
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकको ५३ लाख १६ हजार ५८९ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । तत्कालीन नेपाल कम्युनिटी बैंकको सेयर अब तिनाउ मिसनको नाममा सूचीकरण भएको हो ।
तिनाउ मिसनले नेपाल कम्युनिटीलाई १.१ अनुपातमा एक्वायर गरेको थियो ।
सोही सेयर स्वाप अनुसार कायम भएको कम्युनिटीको सेयर तिनाउ मिसनको नाममा सूचीकृत गरिएको हो । अब नेपाल कम्युनिटीका सेयरधनीले तिनाउ मिसन डेभलपमेन्ट बैंकको नामबाट यो सेयर कारोबार गर्न सक्नेछन् ।
तिनाउ मिसनले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर गत मंसिर २२ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो ।





















