stcnepal long ad
global ime bank long

माछापुच्छ्रे बैंकको नाफासँगै प्रतिशेयर आम्दानी सामान्य बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ०.२४ प्रतिशत वृद्धि भएको हो।

बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ८० करोड ५३ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर ८० करोड ७३ लाख रुपैयाँ पुगेको हो। चालू आर्थिक वर्षमा सञ्चालन नाफा बढेको र इम्पेरमेन्ट चार्ज घटेकाले नाफा बढेको हो।

सञ्चालन नाफा गत आर्थिक वर्षमा १ अर्ब २७ करोड ९२ लाख रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर १ अर्ब ६२ करोड २७ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै गत आवमा २३ करोड ८५ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज १४ प्रतिशतले घटेर २० करोड ४७ लाख रुपैयाँमा झरेको छ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षमा २ अर्ब ६३ करोड ७४ लाख रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर २ अर्ब ८२ करोड ३६ लाख रुपैयाँ पुगेको हो।

चुक्ता पूँजी ११ अर्ब ६२ करोड रहेको बैंकको शेयर प्रिमियम ३ करोड, रिटेन्ड अर्निङ १६ करोड ६२ लाख र रिजर्भमा ६ अर्ब १० करोड रुपैयाँ सञ्चिति रहेको छ। ग्राहकमा प्रवाहित कर्जा १ खर्ब ३४ अर्ब ६१ करोड र निक्षेप संकलन १ खर्ब ६५ अर्ब ४८ करोड रुपैयाँ छ।

बैंकको प्रतिशेयर आम्दानी ३ पैसाले बढेर १३ रुपैयाँ ८९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ २ पैसा र खराब कर्जा ४।५४ प्रतिशत रहेको छ।

IME Lifesidebar
kumari