citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

एनएमबि बैंकको नाफा साढे ४५ प्रतिशतले बढ्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म एनएमबि बैंकले २ अर्ब ३५ लाख ४० हजार खुद नाफा कमाएको छ । बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४५.६१ प्रतिशतले बढेको हो ।

गत आवको यसै अवधिमा बैंकले १ अर्ब ३७ करोड ५९ लाख नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

बैंकको ब्याज आम्दानी तथा सञ्चालन आम्दानी बढेपछि सञ्चालन नाफा ५१ प्रतिशतले बढेको छ । साथै इम्पेयरमेन्ट चार्ज समेत उच्चदरले घटेपछि बैंकको नाफामा उच्च सुधार आएको हो ।

समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ९५ करोड ७६ लाख रुपैयाँबाट घटेर ३४ करोड ४७ लाख रुपैयाँमा झरेको छ ।

बैंकको खुद ब्याज आम्दानी १३.७२ प्रतिशत, सञ्चालन आम्दानी १४.२८ प्रतिशतले बढेको छ । तर, बैंकको खराब कर्जा भने बढेको छ । खराब कर्जा २.८६ प्रतिशतबाट ३.९६ प्रतिशत पुगेको छ ।

१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ३५ करोड रुपैयाँ सञ्चित छ ।

पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ  ८४ पैसा  बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा छ ।

gold
himalayan life insurance long ad
kumari bank