citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

प्रभु बैंकको ८५.४९ प्रतिशतले बढ्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा प्रभु बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जनु गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.४९ प्रतिशतले बढी
हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ७२ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पुष मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ७६ करोड रुपैयाँ थियो ।

बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २५ करोड ७७ लाख रुपैयाँबाट घटेर ८१ करोड ४२ लाख रुपैयाँमा रहेको छ । सञ्चालन नाफा ४५ प्रतिशतले बढेर २ अर्ब ५२ करोड २८ लाख रुपैयाँ रहेको छ ।

बैंकको चुक्तापूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३३ करोड रुपैयाँ ऋणात्मक छ ।

बैंकको प्रति सेयर आम्दानी ११ रुपैयाँ ३५ पैसा, प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ७९ पैसा रहेको छ ।
बैंकको खराब कर्जा ५.०६ प्रतिशत छ ।

gold
himalayan life insurance long ad
kumari bank