citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७.१८ प्रतिशतले बढ्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढेको छ । यसअवधिमा खुद नाफा ५७.१८ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ८० करोडरुपैयाँ खुद नाफा कमाएको थियो ।

१ वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा बढेको छ । खुद ब्याज आम्दानी २.३७ प्रतिशतले घटेर ७ अर्ब ३६ करोड कायम भएको छ । बैंकको सञ्चालन नाफा भने ३३.६९ प्रतिशतले बढेर ४ अर्ब ४ करोड भएको छ ।

यता, खराब कर्जा ०.४७ प्रतिशत विन्दुले बढेर १.६७ प्रतिशत कायम भएको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०४ पैसाले बढेर १६ रुपैयाँ ६० पैसा (बार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ छ ।

पुस  मसान्तसम्म  आइपुग्दा यस बैंकको चुक्ता  पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९८ हजार रुपैयाँ छ । जगेडा कोषमा ३१ अर्ब ८९ करोड रुपैयाँ छ । यसको वितरणयोग्य नाफा भने २ अर्ब ८६ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

 

gold
himalayan life insurance long ad