stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाल राष्ट्र बैंकले एक हजारको नयाँ नोट चलन चल्तीमा ल्याइँदै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज  साउन ७ गते बुधबारबाट नेपाल राष्ट्र बैंकले  हजार रुपैयाँको नोट चलन चल्तीमा ल्याएको छ । केन्द्रीय बैंकले साविकको एउटा हात्तीको सट्टा ‘राम र लक्ष्मण’ भनी चिनिने दुर्लभ जुम्ल्याहा हात्तीको चित्र रहेको नयाँ हजारको नोट जारी गरेको छ ।

नयाँ नोटको आकार र रंग भने पुरानै जस्तो हुनेछ । बैंकले संकेत नं.ज–६८०००००१ देखि ट–१००९९९९९९ सम्मको नोट बजारमा पठाएको छ । यो नोटमा पूर्व गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेका छन् ।

नयाँ नोटमा दायाँतर्फ ४ मिलिमिटर चौडाइ भएको चलायमान ‘एनआरबी’ र ‘१०००’ अंकित सुरक्षण धागो छ । दायाँतर्फ हजार दरको नोट जनाउने अंग्रेजी अंकको केही अंश रहेको केन्द्रीय बैंकले जनाएको छ ।

नोटको दायाँतर्फ लालीगुराँस र हजार दरको नोट जनाउने पानीछाप छ । यसमा दृष्टिविहीन व्यक्तिहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी हजार अंक जनाउने रोमन अक्षर ‘एम’ पनि लेखिएको छ ।

नोटको तल्लो भागको बोर्डमा नोटको सिरिज नम्बर र विक्रम सम्बत् २०७६ लेखिएको छ । ‘रामलक्ष्मण’ को चित्र भने नोटको पृष्ठभागमा छ । साविकको हजार रुपैयाँको नोटमा विदेशी हात्तीको चित्र रहेको भन्दै विज्ञहरुले विरोध जनाउदै आएका थिए । उनीहरुले हात्ती नेपालमा नै पाइने भए पनि हजार रुपैयाँमा विदेशी हात्तीको चित्र प्रयोग हुनु अनउचित रहेको टिप्पणी गरेका थिए ।

 

 

prabhu mahalaxmi
kumari bank
kumari