stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपाल एसबीआई बैंकको आज वार्षिक साधारण सभा

लाभांश वितरण प्रस्ताव मुख्य एजेन्डा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं . नेपाल एसबीआई बैंकको लाभांश प्रस्ताव पारित गर्न आज (पुस २१ गते) वार्षिक साधारण सभा बस्दैछ ।

बैंकले ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद गरी कुल १०=६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहल गायत विवरणमा छलफल गरी पारित गर्नेछ । साधारण सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस ६ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लाब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

 

prabhu mahalaxmi
kumari