नेपाल बैंक र सुनैना हस्पिटलबिच सम्झौता
काठमाडौँ। नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई जनकपुरधाम–०४ स्थित कदम चौकमा रहेको सुनैना हस्पिटलमा छुट हुने भएको छ ।
उक्त सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको स्वास्थ्य सम्बन्धी विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने सम्झौता पत्रमा उल्लेख छ ।
यस्तै विभिन्न सेवामा लाग्ने कन्सुलेसन शुल्कमा पनि १०० प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।