चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’ बाट सम्मानित
काठमाडौं । नेपालका लागि चांगान तथा दिपलका फ्युचरिस्टिक ईभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्प प्रालि चांगानको प्रतिष्ठित सांग्रिला न्यु इनर्जी नीति अवार्डबाट सम्मानित भएको छ ।
विद्युतीय सवारीसाधनको विस्तारमा अद्वितीय योगदान पु(याउनुका साथै नेपाली अटोमोबाइल बजारमा महत्वपूर्ण भूमिका निभाएको भन्दै दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगानले एमएडब्लु वृद्धिलाई यो अवार्डले सम्मानित गरेको बताइएको छ ।
एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाललाई चांगानको हेडक्वार्टर चीनको चोङकिङ प्रान्तमा जारी ‘चांगान ग्लोबल पार्टनर्स कन्फ्रेन्स’मा यो अवार्ड हस्तान्तरण गरिएको हो ।
हरित र स्मार्ट भविष्यको विकास गर्दै दीर्घकालीन गतिशीलतामा एमएडब्लु वृद्धिको प्रतिबद्धता र नेपालमा ईभीको सफल प्रवर्धनलाई मध्यनजर गरी यो अवार्ड दिइएको चांगान ग्लोबलले जनाएको छ ।
‘यो सम्मानले हाम्रा ग्राहक र साझेदारको विश्वास र साथलाई प्रतिनिधित्व गर्छ,’ अवार्ड ग्रहण गरेपछि एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, ‘हामी सफल र सुध्रित भविष्यका लागि नेपालमा अत्याधुनिक विद्युतीय सवारीसाधन र दीर्घकालीन समाधान ल्याउन प्रतिबद्ध रहनेछौं ।’
दीर्घकालीन भविष्यको नेतृत्व गर्ने चांगानको विश्वव्यापी नीतिलाई अवलम्बन गर्दै एमएडब्लु वृद्धिले फ्युचरिस्टिक र ग्राहकमैत्री उत्पादनहरुमार्फत नेपालको ईभी क्रान्तिलाई अघि बढाइरहेको छ ।
चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो, जसको एकसय ६२ वर्ष लामो विरासत छ । ८ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल ईभी अहिलेसम्ममा ७ सय भन्दा बढी बिक्री भइसकेको कम्पनीको भनाइ छ । विशेषतः यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो ।
दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेस्ट र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फर्स्ट टाइम फिचरहरु छन् जसका कारण यो ईभी नेपाली बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको कम्पनीको भनाइ छ ।