मोबाइल बैंकिङमा नयाँ रजिस्टर गर्दा स्मार्टफोन जित्ने मौका
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको घोषणा गरेको छ । जस अन्तर्गत ग्राहकहरुले आकर्षक पुरस्कारहरू जित्न सक्नेछन् ।
बैंकका अनुसार पुस १० देखि माघ १० सम्मको अवधिमा मोबाइल बैंकिङमा नयाँ दर्ता गर्ने दुई जना भाग्यशाली विजेताहरूलाई स्मार्टफोन प्रदान गर्न सक्नेछन् ।
साथै,RBB Digital Sansar,राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर रु.५०० वा सोभन्दा बढीको मोबाइल टपअप गर्ने ग्राहकहरू मध्ये १०० भाग्यशाली विजेताहरूलाई रु.१०० को टपअप बोनस प्राप्त गर्नेछन् ।