stcnepal long ad
ime life insurance
global ime bank long

कम्प्याक्ट सेगमेन्टमा कियाले लन्च गर्‍यो नयाँ किया साइरोस

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

किया साइरोस हालै भारतीय बजारमा लन्च भएको छ र यसको बुकिङ जनवरी ३, २०२५ देखि सुरु हुनेछ। यसको मूल्य भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

कम्पनीले साइरोस एसयूभीमा १ लिटर क्षमताको टर्बो पेट्रोल स्मार्टस्ट्रिम इन्जिन उपलब्ध गराएको छ, जसका कारण यसले १२० पीएसको पावर र १७२ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल र ७ स्पीड डीसीटी ट्रान्समिसन ल्याइएको छ । यसका साथै यसमा १.५ लिटर क्षमताको डिजेल इन्जिन पनि दिइएको छ, जसले ११६ पीएस पावर र २५० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।

साइरोसमा क्लाइमेट कन्ट्रोलका सिस्टमका लागि ५ इन्चको स्क्रिनको साथमा ३० इन्चको डिस्प्ले दिइएको छ। यसमा नयाँ दुई–स्पोक स्टेयरिङ ह्विल छ, जसमा वायरलेस चार्जिङ प्याडसहितको सेन्टर कन्सोल पनि समावेश छ ।

साइरोसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, इन्फोटेनमेन्ट सिस्टमका लागि ओटीए अपडेट, इन–कार कनेक्टिभिटी टेक्नोलोजी, चार वटा भेन्टिलेट सिट, सेन्टर आर्मरेस्ट, ६०/४० स्प्लिट फोल्डिङ फंक्शन, पावर ड्राइभर सिट, ८–स्पिकर हरमन कार्डन साउन्ड सिस्टम, ड्युअल प्यानोरामिक सनरुफ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ६ वटा एयरब्याग, फ्रन्ट र रियरमा पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा र लेभल २ एडीएएस सुइट सहित कुल १६ फिचर प्रदान गरिएको छ।

नयाँ किया साइरोस एसयूभीले भारतीय बजारमा कम्प्याक्ट एसयूभी सेगमेन्टमा टाटा, मारुती, हुन्डाई जस्ता कम्पनीका एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।

prabhu mahalaxmi
kumari