रोयल इन्फिल्ड नेपालद्वारा अनलाइन सर्भिस क्विज विजेता पुरस्कृत
काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले अनलाइन सर्भिस क्विज कार्यक्रमका विजेताहरुलाई पुरस्कृत गरेको छ ।
विहिबार अल्फा अटोमोटिभ प्रा.लि.ले आफ्नो वेयरहाउस बालकुमारीमा एक चियापान कार्यक्रको आयोजना गरी सो सर्भिस क्विजका ३ जना विजेतालाई जनही एक एक वटा हेल्मेट पुरस्कार प्रदान गरेको हो ।
उपहार प्राप्त गर्नेमा ललितपुर बागडोलका रविन्द्र विष्ट, गोकर्णेश्वर नगरपालिका काठमाडौका रितिज सापकोटा र काठमाडौ म्हेपीका सचिन आले रहेका छन् ।
रोयल इन्फिल्ड मोटरसाइकलका नेपालका लागि सर्भिस हेड निलादरी जेनाले सो पुरस्कार हस्तान्तरण गरेका थिए ।
उक्त अनलाइन सर्भिस क्विज कार्यक्रम गत कार्तिक १२ देखि पुस १० अर्थात अक्टोबर २८ देखि डिसेम्बर २५ सम्म सम्पन्न भएको थियो ।
अनलाइन सर्भिस क्विजमा ६०० जनाले भाग लिएका थिए, जसमध्ये ३ जनालाई लक्की ड्र मार्फत पुरस्कृत गरिएको थियो । यस अन्तर्गत सहभागीले फ्रि सर्भिस चेकअप, फ्रि वासिङको सुविधा समेत पाएका थिए ।
सोही अवसरमा अल्फा अटोमोटिभले ‘सर्भिस मेइस्ट्रो’ पनि लन्च गरेको छ । सो मेइस्ट्रोबाट नेपालका रोयल इन्फिल्ड मोटरसाइकलका ग्राहकहरुले हरेक बर्षको चार सर्भिसिङमा पार्ट्स, मर्मत सम्भार लगायतका सेवामा विशेष छुट एवम् सहुलियत प्राप्त गर्न सक्ने अल्फा अटोमोटिभ प्रालिका डाइरेक्टर मेघराज पौडेलले बताए ।