citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नबिल बैंकको ४०औं वार्षिक साधारणसभा आज मंसिर २७ गते

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नविल बैंकको ४०औं वार्षिक साधारण सभा आज मंसिर २७ गते बस्ने भएको छ। साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पेश हुनेछ।

साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ।

त्यसैगरी गत आर्थिक वर्षका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गर्ने र दुई जना सञ्चालककको निर्वाचन गर्ने एजेण्डा रहेको छ।

साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते बुक गरिसकेकाले मंसिर ९ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकको ४०औं वार्षिक साधारणसभा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि बस्दैछ।

gold
himalayan life insurance long ad