stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकले आफ्नो एटीएम तथा पीओएस (प्वाइन्ट अफ सेल) टर्मिनलहरुमा यूपीआई (युनियनपे इन्टरनेशनल) का कार्डहरु स्वीकार गर्ने भएको छ।

डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ्गको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ यो सुविधा नेपालभर कुमारी बैंकका सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलहरुमा उपलब्ध हुनेछ।

यो सुविधाबाट अब यूपीआई कार्ड प्रयोगकर्ताले कुमारी बैंकको एटीएममार्फत रकम झिक्न र पीओएस टर्मिनल मार्फत खरिद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारीहरुलाई पनि लाभ हुने विश्वास बैंकले लिएको छ।

बैंकले आफ्नो सेवाको दायरालाई व्यापक बनाउँदै डिजिटल नेपालको अभियानमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखासञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निम्ति सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता जनाएको छ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long