citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

प्राइम कमर्सियल बैंकको सत्रौं वार्षिक साधारण सभा मंसिर १९ गते 

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न मंसिर १९ गते बुधबार वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा बैंकले कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल हुनेछ । साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर–एक्विजिशन सम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त साधारण सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि यस बैंकले मंसिर ९ गते बुक क्लोज गरिसकेको छ ।

मंसिर ८ गतेसम्म कायम रहेका सेयरधनी मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । साधारण सभा मंसिर १९ गते बुधबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 

gold
himalayan life insurance long ad