citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

सिटिजन्स बैंकका ग्राहकले होटल ली हिमालयमा १५ प्रतिशतसम्म छुट पाउने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौं स्थित होटल ली हिमालयबीच  सिटिजन्स बैंकका  ग्राहकहरुलाई  विशेष  छुट  दिने  समझदारीपत्रमा  हस्ताक्षर भएको छ ।

सो सम्झौता पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरुले होटल ली हिमालयमा १५ प्रतिशतसम्मको छुट पाउन सक्ने बैंकले जनाएको छ ।

यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

gold
himalayan life insurance long ad