citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेटा कारको उत्पादन, वितरण र सर्भिसमा कुनै समस्या नहुने, नेपालमा असर नपर्ने दावी

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । इलेक्ट्रिक कार उत्पादक चिनियाँ कम्पनी होजोन अटोले नेपाली बजारमा समेत लोकप्रिय नेटा ब्रान्डका गाडी उत्पादन र वितरणमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ ।

होजोन अटोले प्रेस विज्ञप्ति जारी गर्दै नेटाको उत्पादन र अन्तर्राष्ट्रिय बजारमा भइरहेको वितरणमा कुनै समस्या नरहेको जनाएको हो । ‘हामी सुनिश्चित गर्न चाहान्छौँ कि नेटाको उत्पादन र अन्तर्राष्ट्रिय वितरणमा कुनै समस्या छैन ।

नेपाल सहित विश्व बजारमा हाम्रा उत्पादनहरूको नियमित आपूर्ति भइरहेको छ ।’ कम्पनीले नेटाका मूल्यवान ग्राहक र नेपाली पार्टनरलाई सम्बोधन गरेर लेखिएको पत्रमा स्पष्ट गरिएको छ ।

होजोन अटोले सीजी मोटर्ससँगको साझेदारीमा नेपाली बजारमा नेटा कारहरू उत्साहजन रुपमा वितरण भइरहेको जानकारी दिदै नेपाली उपभोक्ताबाट पाएको स्नेहका लागि नेटाको तर्फबाट आभार व्यक्त गरेको छ । ‘हामी हाम्रा उपभोक्ताको बिक्री पछिको अनुभवलाई धेरै महत्व दिन्छौँ ।’ कम्पनीले भनेको छ ।

नेपालको आधिकारिक बिक्रेता सीजी मोटर्समार्फत बिक्री भएका गाडीहरुमा न्यूनतम १० बर्ष सम्म स्पेयर पार्ट्स उपलब्ध गराउने प्रतिबद्धता नेटा होजोन अटो चाइनाले व्यक्त गरेको छ ।

नेपालका केही सञ्चार माध्यममा नेटा सम्वन्धी समाचार आए लगत्तै होजोन अटोले बिगतका समाचारहरुमा सत्यता नरहेको भन्दै आफ्ना उपभोक्तालाई विश्वसनीय सेवाको प्रतिवद्धता सहित प्रेस विज्ञप्ति जारी गरेको हो । होजोन अटोले नेपालकै लागि विशेष रुपमा केन्द्रित गरेर सो विज्ञप्ति जारी गरेको छ ।

होजोन अटोले पछिल्लो समयमा चीनका स्थानीय सरकारी निकायसँग साझेदारी गरेर आफ्नो वित्तीय र व्यवस्थापन पक्षलाई थप बलियो एवं प्रभावकारी बनाएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आर्थिक कठिनाइ झेलिरहेका कारण चीनको झेइजियाङस्थित नेटा ईभीको मुख्य कारखानामा उत्पादन बन्द भएको र कर्मचारी समेत कटौती गर्ने समाचार सार्वजनिक भएसँगै नेपालमा समेत यसको असर पर्ने अनुमान गरिएको थियो ।

तर सो समाचारमा सत्यता नभएको र नेपाली बजारमा कुनै असर नपर्ने सीजी मोटर्सले प्रतिबद्धता व्यक्त गरेको छ ।

gold
himalayan life insurance long ad