स्टान्डर्ड चार्टर्ड बैंकको साढे २५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले गत वर्षको नाफाबाट २५.५० प्रतिशत लाभांश घोषणा गरेको छ । यस बैंकको आज (कात्तिक १३ गते) बसेको सञ्चालक समिति बैंठकले ६.५० प्रतिशत बोनस सेयर र कर सहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
यसअघि बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश दिएको थियो ।