sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नबिल बैंकको इन्स्टयान्ट गोल्ड लोन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नबिल बैंक लिमिटेडले गत वर्षको पुस महिनादेखि सुरू गरेको ‘इन्स्टयान्ट गोल्ड लोन’ निकै लोकप्रिय भएको छ।

ग्राहकलाई तुरुन्तै पैसाको आवश्यकता पर्दा आफुसँग भएको सुन धितो राखी धितोको मुल्यको ७० प्रतिशत सम्म ऋण लिन सक्ने ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजनाबाट ग्राहकवर्गहरूले राम्रो लाभ लिइरहेको नबिल बैंक स्रोतले बताएको छ ।

आफूलाई पैसाको आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र नबिल बैंकबाट ग्राहकवर्गले ऋण सुविधा पाउदै आएका छन ।

यो ऋण योजना अन्तर्गत तुलनात्मक रूपमा सस्तो व्याजदरमा १० लाख रुपैयाँसम्मको ऋण पाइने गर्दछ । नबिल बैंकको सुन कर्जा अवधि सामान्यतया तीन महिनादेखि एक वर्ष सम्मको रहने गरेको छ।

नबिल बैंकमा आवेदन दिएको एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्दै आएको नबिल बैंकका सुन धितो राखि कर्जा लिने एक ग्राहकहरूले बताएका छन ।

धितो सुनको लागि निःशुल्क बिमाको व्यवस्था गरिएको छ । बैंकले ग्राहकको विभिन्न वित्तीय आवश्यकताहरू पूरा गर्न यस्तो कर्जा योजना ल्याउदा आर्थिक रूपमा आपतविपतमा परेका ग्राहकलाई ठुलो सहयोग पुगेको सार्वसाधारण नागरिकहरूले बताएका छन।

नबिल बैंकले यस्तो सुन कर्जा काठमाडौ उपत्यका भित्रका ग्राहकहरूका लागि कुमारीपाटी, कालीमाटी, सूर्यविनायक,मंगलबजार र खिचापोखरी शाखाबाट लिन सकिने र उपत्यका बाहिरका ग्राहकका लागि धरानको महेन्द्रपथ, बुटवलको चौराहा, नेपालगन्जको भानुभक्त चोक, फिदिम र पोखराको चिप्लेढुंगा शाखाबाट सुन कर्जा उपलब्ध गराउदै आएको बैंकले जनाएको छ ।

नेपाल बंगलादेश बैंकसँग मर्ज भएपछि नबिल बैंकले ‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा सातै प्रदेशमा प्रदान गर्दै आएको छ। करिव २० लाख ग्राहक रहेको नबिल बैंक नेपालकै अग्रणी बैंक हो।

निक्षेप,कर्जा लगानी,मुनाफा,प्रविधि,शाखा सञ्जाल,एटिएम र संस्थागत सुशासनमा यो बैंक सबै भन्दा अगाडि रहेको छ।

यस बैंकले देशभर २६६ शाखा सञ्जाल सहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट उत्कृष्ट र आधुनिक बैंकिङ सेवा र सुविधा प्रदान गर्दै आएको छ । नबिल बैंकको रुपन्देही र भोजपुर शाखा स्थानान्तरण हुन लागेका छन् ।

बैंकको बुटवल उपमहानगरपालिका–९ चौराहा शाखा र भोजपुर नगरपालिका–७ डाँडागाउँ शाखा २०८१ कात्तिक ११ गतेदेखि स्थानान्तरण हुने भएको छ ।

gold
nawakantipur long