evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

एनआइसी एसिया बैंकको पहिलो त्रैमाससम्म ११ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ११ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत वर्षको यसैअवधिको भन्दा ८९.०६ प्रतिशतले थोरै हो । गत वर्ष यसले १ अर्ब १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी ७.१४ प्रतिशतले घटेर २ अर्ब ५५ करोड २५ लाख कायम भएको छ । गत वर्ष उक्त आम्दानी २ अर्ब ७४ करोड थियो ।

त्यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज ६४ करोड ४३ लाखबाट बढेर १ अर्ब १६ करोड पुगेको छ । जसकारणले गर्दा नाफामा गिरावट देखिएको हो ।

यता, बैंकको सञ्चालन नाफा पनि ८८.७३ प्रतिशतले घटेको छ । यस बैंकको वितरण योग्य नाफा भने ऋणात्मक छ । चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ यस बैंकको जगेडा कोषमा १७ अर्ब ६९ करोड रुपैयाँ जम्मा रहेको छ ।

यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६७ पैसाले घटेर २ रुपैयाँ ९१ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ७९ पैसा रहेको छ ।

पछिल्लो त्रैमासमा यस बैंकले नाफा घटेको रिपोर्ट सार्वजनिक गर्दै आइरहेको छ । खासगरी, खराब कर्जा बढ्दा नै यसको नाफामा असर परेको हो ।

 

igi long
himalayan life insurance long ad