evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

माछापुच्छ्रे बैंकको पहिलो  त्रैमासिक वित्तीय विवरण सार्वजनिक

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाण्डौं ।  माछापुच्छ्रे  बैंक  लिमिटेडले  चालु आर्थिक  वर्षको पहिलो  त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।  जस अनुसार  बैंकले  अधिकांश वित्तीय  सूचकहरुमा  सुधार  गर्दै वृद्धि गरेको छ ।

समीक्षा अवधिमा बैंकले ५० करोड ३२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.१४ प्रतिशतले कम हो । बैंकले गत आवको सोही अवधिमा ५४ करोड २३ लाख रुपैयाँ कमाएको थियो ।

असोज मसान्तसम्म बैंकले खुद ब्याज आम्दानी ४.९९ प्रतिशतले बढेर १ अर्ब ४८ करोड रुपैयाँ पुगाउन सफल भएको छ ।

अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब ४१ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

खुद फि तथा कमिशन आम्दानी २२.५१ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ७.१४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २७.६२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको गैर सञ्चालन खर्च १ करोडबाट बढेर २८ करोड पुगेको छ।

अघिल्लो आवको पहिलो त्रैमासम्म २.५६ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर ३.१५ प्रतिशत पुगेको छ ।

बैंकको रिटेन्ड अर्निङ १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकको रिजर्भको आकार ५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रुपैयाँबराबर रहेको छ भने लाभांश क्षमतादर १२.२७ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १७.३२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.१६ रुपैयाँ, तरलता अनुपात २९.४९ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल १.१६ प्रतिशत रहेको छ ।

himalayan life insurance long ad
igi long