प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैंयाको आर्थिक सहयोग

काठमाडौं । हालै परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय दुःखद घटनामा बाढीपीडितहरुको तत्काल राहत सहयोगार्थ प्राइम कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा
रु. ३१,००,०००।०० अक्षेरेपि एकतिस लाख रुपैंयाको आर्थिक सहयोग यस बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई आज आयोजित एक समारोहमा हस्तान्तरण गरेकोे बैंकले जनाएको छ ।