नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई रकम सहयोग
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले हालै परेको अविरल वर्षाको कारण काठमाडौ उपत्यका लगायत मुलुकभर बाढी, पहिरो र डुवानमा परी ठूलो धनजनको क्षती भएकोमा विपतको यस्तो दुखद घडीमा खोज, उद्धार र राहतमा केही सहयोग पुगोस् भन्ने हेतुले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. पच्चिस लाख सहयोग गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले उक्त सहयोग रकम बराबरको चेक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई हस्तान्तरण गर्नुभएको थियो ।