stcnepal long ad
ime life insurance
national life
global ime bank long

आगन्तुक रिसोर्टमा नेपाल एसबिआई बैंकका ग्राहकले छुट पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबिआई बैंक र आगन्तुक रिसोर्ट धुलिखेल बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी आवास सुविधामा १५५ र खाध्य तथा पेय पदार्थमा १० प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंटा र आगन्तुक रिसोर्ट प्रा. लि.का बरिष्ट प्रबन्धक (बजार तथा बिक्रि) सरस्वति गुरुङले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत, यादवेंद्र कांत, सल्लाहकार, पिराज पंत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा रिसोर्टका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

IME Lifesidebar
kumari