stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

एभरेष्ट बैंकको असोज २० गते वार्षिक साधारण सभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एभरेष्ट बैंकले असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले साधारण सभामा  १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ ।

बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंगलबार असोज ८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज ७ गते सम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारण सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

prabhu mahalaxmi
kumari