sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सिटिजन्स बैंकको स्मार्ट हब सञ्चालनमा

बैंकले आश्विन महिनाभर डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विगत १८ बर्ष देखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप आफ्नो कर्पोरेट कार्यालयको प्राँगणमा ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सो हब सार्वजनिक गरेका छन ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिन बाट प्राप्त गर्ने सुविधाबाट ग्राहकहरु डिजिटल कारोवारमा अभ्यस्त हुनुका साथै समग्र डिजिटल बैंकिङ्गको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

साथै हाललाई कर्पोरेट कार्यालयबाट शुरु गरिएको यस्तो सेवा आगामी दिनमा देशका अन्य स्थानहरुबाट समेत सञ्चालन गरिने योजना रहेको कुरा समेत बताउनु भयो ।

स्मार्ट हबमा राखिएका मेसिनहरु जस्तै चेक जम्मा गर्ने मेसिनबाट ग्राहकहरुले क्लियरिङ्ग चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलव्ध छ भने क्यास डिपोजिट  मेसिनबाट रू. १,०००/–र रू. ५००.–दरका नोटहरू जम्मा गर्न मिल्ने सुविधा उपलव्ध छ ।

डिजिटल बैंकिङ्ग सेवा सिटिजन्स बैंकको सँधै प्राथमिकता रहेको छ र यसैको निरन्तरता स्वरुप बैंकले आश्विन महिनाभर “सिटिजन्स डिजिटल महिना” उत्सव सञ्चालन गर्ने भएको छ ।

यस उत्सवमा फोनपेसँगको सहकार्यमा बैंकले विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरेको छ । जसमा मोबाइल बैंकिङ प्रयोग गरी हवाई टिकट खरिद गर्ने यात्रुहरूलाई रु ४००सम्म क्यासब्याक प्राप्त हुने, बडा दशैमा बैकको मोबाइल बैंकिङ प्रयोग गरि डिजिटल दक्षिणा दिँदा सो कारोबारमा रु. १०० सम्म क्यासब्याक प्राप्त हुनुका साथै चाडपर्वमा गरेको पहिलो मोबाइल बैंकिङ कारोबारमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक प्राप्त हुने, “दशैंमा चलाउ सिटिजन्स कार्ड” अभियानमा डेबिट र क्रेडिट कार्डको प्रयोगमा आकर्षक क्यासब्याक अफर प्राप्त हुनुका साथसाथै “डिजिटल रेमिटेन्स प्राप्ति अभियान”मा मोबाइल बैंकिङ मार्फत प्राप्त गरिएको रेमिटेन्समा आकर्षक क्यासब्याक प्राप्त हुने लगायत अन्य आकर्षक अफरहरु समावेस गरिएका छन् ।

यस्ता डिजिटल प्रोत्साहित कारोवार अभियानबाट समग्र बैंकिङ्ग क्षेत्रमा नै डिजिटल बैंकिङ्गको विकास हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालैमात्र फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स भच्र्युअल क्रेडिट कार्ड ” सञ्चालनमा ल्याएको छ ।

भौतिक कार्ड विना नै मोवाइलको माध्यमबाट स्क्यान गरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भच्र्युअल क्रेडिट कार्डमा रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

gold
prabhu bank
nawakantipur long