evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

 बैंकिङ प्रणालीमा  एकैदिन थपियो रु.१७ अर्ब निक्षेप

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ थपिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार भदौ २५ गते बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ थपिएको हो।

यो सँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ७९ अर्ब रुपैयाँ थियो।

भदौ २५ मा वाणिज्य बैंकहरुको मात्रै निक्षेप १८ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ।

अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ५१ अर्ब रुपैयाँ थियो। भदौ २५ मा अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप भने १ अर्ब रुपैयाँले घटेको छ।

भदौ २५ मा बैंक तथा वित्तीय कुल कर्जा लगानी ५२ खर्ब ९ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५२ खर्ब १३ अर्ब रुपैयाँ थियो। कर्जा लगानी भने ४ अर्ब रुपैयाँले घटेको छ।

निक्षेप बढेसँगै बैंकहरुको औसत सीडी रेसियो फेरि घटेर ७८.८० प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७९.०२ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।

himalayan life insurance
igi long