stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

कामना सेवा विकास बैंकको १६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको १६ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त संस्थापक शेयर सर्वसाधारणले मात्रै किन्न पाउँछन् । यसअघि बैंकले संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको थियो । तर ३५ दिनसम्म शेयर बिक्री नभएपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।

सो शेयर किन्न इच्छुक व्यक्ति वा संघसंस्थाले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

बिक्रीमा राखिएको शेयर सम्बन्धी थप जानकारी लिनका लागि बैंकको शेयर विभागमा सम्पर्क राख्न सकिने सूचनामा उल्लेख गरिएको छ।

kumari bank
kumari
nawakantipur long