sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित कर्जामा छूट योजना, यस्ता छन् सुविधा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकले आउँदै गरेको चाडपर्वलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छूट योजना ल्याएको छ ।

बैंकले तिज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत कम्पनीले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।

साथै बैंकले सोही ग्राहक गाडी कर्जा लिन इच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ । सो कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छूट समेत प्राप्त गर्न सक्ने समेत बैंकले जनाएको छ ।

बैंकले १ करोड रुपैयाँसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा एक प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ । कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत पाइने छ । उक्त छूट योजना भदौ ३१ गतेसम्म पाइने बैंकले जनाएको छ ।

हालसम्म बैंकले सात वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

gold
prabhu bank
nawakantipur long