citizens life insurance long ad
stcnepal long ad

नेपाल बैंकले आधारदरमा मात्र १.५% थपेर शेयर लोन प्रवाह गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कर्जाको माग बढ्न नसकेपछि अधिकांश बैंकहरुले ऋणको ब्याजदर सिंगल डिजिटमा झारेको छ। कतिपय बैंकहरुले त आधारदरमा १–२ प्रतिशतमात्रै प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्न थालेका छन्।

पछिल्लो समय शेयर बजार केही बढेको छ। शेयर धितो कर्जाको माग पनि बढ्दै गएको छ। बैंकहरुले शेयर धितो कर्जाको ब्याजदर सिंगल डिटिल निर्धारण गरेका छन्।

यसैबीच नेपाल बैंकले पनि शेयर धितो कर्जा आधारदरमा मात्र १.५ प्रतिशत प्रिमियम जोडेर प्रवाह गर्ने भएको छ। ‘तपाइँको शेयरको उच्चतम उपयोगका लागि‘’ भन्ने नाराका साथ बैंकले आफ्ना सम्पूर्ण शाखाबाट शेयर धितो कर्जा प्रवाह हुने जनाएको छ।

सरल प्रक्रिया र सुलभ ब्याजदरमा शेयर धितो कर्जाको निर्णय ३ कार्य दिनभित्र हुने पनि बैंकले स्पष्ट पारेको छ।

IME Life
kumari