citizens life insurance long ad

मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पसबीच सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ विकास बैंक र स्याङ्जाको चापाकोट नगरपालिका–९ मा रहेको चापाकोट क्याम्पसबीच आपसमा सहकार्यसम्बन्धी सम्झौता भएको छ ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, व्यावहारिक ज्ञानका लागि इन्टर्नसिप गर्ने र बैंकिङ करियरका लागि अवसर प्रदान गर्ने सम्बन्धमा दुईपक्षबीच सम्झौता भएको हो ।

यससम्बन्धी समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट बैंकका गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल र चापाकोट क्याम्पसका तर्फबाट क्याम्पसका कार्यवाहक प्रमुख पोषराज देवकोटाले हस्ताक्षर गरेका छन् ।

व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नसिप, वित्तीय साक्षरता कार्यक्रमलगायत करियर विकासका कार्यक्रमहरूमा मुक्तिनाथ विकासका बैंकले प्रचलित ऐन, नियम तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रही अवसरहरू प्रदान गर्ने समझदारीको मुख्य उद्देश्य हो ।

यो समझ्दारी ५ वर्षसम्म कायम रहने मुक्तिनाथ विकास बैंक गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकालले बताए ।

उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंक चापाकोट शाखाका शाखा प्रमुख सुन्दर श्रेष्ठ, कर्जा डेस्कका युवराज श्रेष्ठ, वालिङ शाखाका शाखा प्रमुख नवीन काफ्ले, चापाकोट क्याम्पसका पूर्वअध्यक्षहरू हिरण्यलाल आचार्य, भरत पाठक, समितिका पदाधिकारहिरू, प्राज्ञिक व्यक्तित्वहरू सीताराम गैरे, दुर्गा ढकाल, डोलराज अधिकारी, विन्दु पौड्याल, प्रेमचन्द्र भट्टराई, उपप्राध्यापकहरू, शिक्षक, शिक्षिकाहरू, समाजसेवी, वडा नं.९ का वडा अध्यक्ष कृष्ण सुवेदीलगायत उपस्थित थिए ।

IME Lifesidebar
kumari