citizens life insurance long ad
stcnepal long ad
national life

नबिल बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ६६ जनाको नाम सार्वजनिक

Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ६६ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम पत्रिकामा नै सार्वजनिक गरेको हो ।

बैंकले एक सूचना प्रकाशन गरी क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको हो ।

उनीहरूलाई बैंकले पटक–पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिरहेको छ । तर, क्रेडिट कार्ड होल्डरहरूले आग्रह नमानेपछि तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना नै निकाल्न बाध्य भएको बैंकले जनाएको छ ।

सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य रकम ३५ दिनभित्र नबुझाएमा कानुन बमोजिम अघि बढ्ने बैंकको भनाइ छ ।

साथै ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

himalayan life insurance
igi long