नेपाल बैंकले ब्याजदर घटायो
काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले भदौमा मुद्दती निक्षेपतर्फ व्यक्तिगत २ वर्ष अवधिसम्मका लागि ४.५५ प्रतिशत, २ वर्ष माथिको अवधिका लागि ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
यता संस्थागतमा २ वर्ष अवधिसम्मका लागि ३.० प्रतिशत प्रतिशत र २ वर्षभन्दा माथिको अवधिका लागि ४ प्रतिशत र रेमिटेन्स फिक्स्ड डिपोजिटमा ६.२५ प्रतिशत ब्याजदर तोकेको छ ।
बैंकले साउनका लागि मुद्दती निक्षेपमा व्यक्तिगतमा अधिकतम ६.२५ प्रतिशत र संस्थागतमा ४.२५ प्रतिशत र रेमिटेन्समा ७.७५ प्रतिशत ब्याजदर ताकेको थियो ।
बैंकले साधारण बचत खातामा पनि ब्याजदर सामान्य घटाएको छ । भदौमा साधारण बचत खातामा न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ५.०१ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
अघिल्लो महिनामा न्यूनतम ३.२० प्रतिशत देखि अधिकतम ५.२० प्रतिशत सम्म ब्याजदर तोकेको थियो ।
बैंकको आधारदर पनि ७.८८ प्रतिशतबाट घटेर ७.७८ प्रतिशतमा झरेको छ । बैंकको स्प्रेडदर ३.९५ प्रतिशत छ ।