citizens life insurance long ad
stcnepal long ad
national life

एभरेष्ट बैंकको नाफा करिब चार अर्ब नजिक

लाभांश क्षमता सबैभन्दा बढी, इपीएससहित अधिकांश सूचकमा बृद्धि

Prabhu Insurance Long Ad

काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०८० ८१ को चौथो त्रैमाससम्मका् वित्तीय विवरण सार्वजनिक गरेको छ । सञ्चालित वाणिज्य बैंकहरुमध्ये एभरेष्ट बैंकले सबैभन्दा राम्रो लाभांश क्षमता बनाएको छ ।

समीक्षा अवधिमा बैंकको खूद नाफा बढेर ३ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष खूद नाफा ३ अर्ब ३६ करोडमा सीमित थियो । बैंकले खराब कर्जालाई न्यूनीकरण गरी व्यवस्थापकीय पक्षलाई सुधार गर्दै नाफामा उल्लेख्य प्रगती गरेको छ ।

यस अवधिमा बैंकको सञ्चालन मुनाफा पनि अघिल्लो वर्षमा रहेको ४ अर्ब ८१ करोड रुपैयाँबाट बढेर यो वर्ष ५ अर्ब ६० करोड पुगेको छ । साथै बैंकको खुद ब्याज आम्दानी पनि ७ अर्ब ४१ करोड रुपैयाँबाट बढेर ७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

बैंकको प्रकाशित गरेको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार लाभांश क्षमता २९.८६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको तुलनामा लाभांश क्षमता केही अंकले घट्न पुगेको छ ।

कुल ११ अर्ब ७६ करोड चुक्तापूँजी रहेको बैंकले चौथो त्रैमाससम्म ३ अर्ब ५१ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म भने ४ अर्ब ११ करोड यस्तो नाफा आर्जन भएको थियो ।

विषम परिस्थितिका बाबजुद बैंकले खराब कर्जा घटाउने सफलता पाएको छ । फलस्वरुप अघिल्लो वर्ष ०.७९ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर यो वर्ष ०.७१ प्रतिशतमा सीमित बनेको छ ।

अघिल्लो वर्ष १३.३१ प्रतिशत रहेको रिटर्न अन इक्वीटी (आरओई) बढेर १३.३२ प्रतिशत पुगेको छ भने प्रतिसेयर नेटवर्थ केही घटी २३६.०६ रुपैयाँ तथा प्रतिसेयर आम्दानी ३१.४३ रुपैयाँबाट बढेर ३१।४५ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकले २ खर्ब ३२ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकले निक्षेप र कर्जातर्फ नै ग्रोथ गरेको देखिन्छ।

himalayan life insurance
igi long