citizens life insurance long ad
stcnepal long ad
national life

सानिमा बैंकको गत आर्थिक वर्षमा २ अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन

Prabhu Insurance Long Ad

काठमाडौं ।  सानिमा बैंकले  गत  आर्थिक  वर्षमा  २  अर्ब ३८  करोड रुपैयाँ  नाफा  आर्जन  गरेको छ ।अघिल्लो आवको सोही अवधिमा २ अर्ब ६० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको ब्याज आम्दानीमा ४.१० प्रतिशतको घटेर २० अर्ब ७२ करोड रहेको छ । खुद ब्याज आम्दानी ४.६४ प्रतिशतले घटेर ६ अर्ब १७ करोड रहेको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । बैंकको लाभांश क्षमता १०.४ प्रतिशत रहेको छ ।

बैंकको निक्षेप १२.२१ प्रतिशतले बढेर १ खर्ब ९७ अर्ब २० करोड पुगेको छ । बैंकले १ खर्ब ५९ अर्ब ४९ करोड रुपैयाँको कर्जा दिएको छ ।

बैंकको चुक्तापुँजी १३ अर्ब ५८ करोड छ भने रिजर्भमा ५ अर्ब ९७ करोड छ । बैंकको प्रतिसेयर आम्दानी १७.५४ रुपैयाँ छ ।

नेटवर्थ १५४.३५ रुपैयाँ रहेको छ । बैंकले निष्क्रिय कर्जामा उल्लेख्य सुधार गरी १.७३ प्रतिशतमा सीमित राखेको छ ।

himalayan life insurance
igi long