citizens life insurance long ad
stcnepal long ad
national life

हिमालयन बैंकको नाफा ८१ प्रतिशत बढ्यो

चुक्ता पुँजी भन्दा जगेडा कोष धेरै

Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार बैंकले गत आर्थिक वर्ष २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८१.६० प्रतिशत धेरै हो । अघिल्लो वर्ष यसले १ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएको थियो ।

इम्पेयरमेन्ट चार्ज घट्दा नाफा बढेको हो । साथै, बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । ९ अर्ब ९२ करोड रहेको उक्त आम्दानी १७.१२ प्रतिशत बढेर ११ अर्ब ६१ करोड रुपैयाँ कायम भएको छ ।

यता, सञ्चालन नाफा पनि ६७.४३ प्रतिशतले बढेको छ । बैंकको इम्पेयमेन्ट चार्ज ४२.७६ प्रतिशत घटेर २ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ कायम भएको छ ।

चक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ रहेको हिमालयनको जगेडा कोषमा २२ अर्ब ४३ करोड रुपैयाँ जम्मा रहेको छ ।

यता, यसको वितरणयोग्य नाफा भने ऋणात्मक छ । बैंकको प्रतिसेयर आम्दानी १३.१० रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १७६.९० रुपैयाँ छ । एनपीएल ४.९१ प्रतिशत कायम भएको छ ।

himalayan life insurance
igi long